२०८१ माघ ४ गते शुक्रवार

बागलुङ बस दुर्घटना अपडेट : मृतक र घाइतेको विवरणसहित



दाङ, ६ चैत ।
बागलुङमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ९ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी बस चालक रोल्पाको गंगादेव गाउँपालिका -३ का सुवास गौतम भनिने मानसिङ बिक, बस मालिक रुकुमपश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका बबि नेपाली, दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट-१ का २७ वर्षीया बिनिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

यस्तै मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका-३ साँखकी कल्पना केसी, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको डिएसपी केसीले बताउनुभयो ।

दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरी अस्पतालमा लगिएको प्रवक्ता केसीले बताउनुभयो ।

घाइते हुनेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका-१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका-१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा-३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ-७ का ३५ वर्षीय हिमबहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीको मालिका गाउँपालिका-१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका-८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ-११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय गणेश खड्का घाइते हुनुभएको छ ।

यस्तै काठमाडौँ टोखा नगरपालिका-३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट-३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका-१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट-४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै मुसिकोट-४ कै ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका-३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका-१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका-१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका-२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट तीन सय मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुने अधिकांश रुकुमका हुन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सनाखतका लागि सोमबार राति नै रुकुम पश्चिम पठाइएको थियो भने दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।

पूर्वीरुकुमबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस सोमबार बेलुका साढे ५ बजेतिर बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार