दाङ, १० चैत ।
देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाइकलमा सवार राजपुर गाउँपालिका-५ नौसहरा निवासी अन्दाजी २४ वर्षिय प्रमोद यादवको मृत्यु भएको हो ।
राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक गंगदी तर्फ जाँदै गरेका रा १ ख २३६० नम्बरको यात्रुबहाक बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले प्रमुख एसपी राम बहादुर केसीले जानकारी दिनुभयो ।
त्यस्तै सोही दुर्घटनामा परी सोही गाउँका २४ वर्षिय प्रदीप यादव गम्भीर घाइते हुनुभएको छ । गम्भिर घाइते प्रदीपको लमही अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । उहाँको हात भाँचिएको छ भने शरिरमा अन्य भागमा गहिरो चोट लागेको छ । ठक्कर दिने बस र बस चालक सम्पर्कमा नभएको प्रहरीले जनाएको छ ।