२०८१ माघ १० गते बिहिवार

भिरबाट लडेर एक किशोरीको मृत्यु



दाङ, १४ चैत ।
पश्चिम दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ७ मलई बस्ने रोबर बहादुर घर्तीका १८ वषिया छोरी करिष्मा घर्ती रहेको प्रहरीले जनाएको छ ।

आज बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानि खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

करिष्मा संगै सोही ठाउँका सुष्मा पुन पनि जानुभएको थियो । करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल लडेको प्रहरी निरिक्षक मल्लले बताउनुभयो ।

शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार