दाङ, २१ चैत ।
दाङमा दुई वटा बस एकआपसमा ठोक्किएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्ग लमही नगरपालिकाको बनगाउँमा रा १ ख २५८१ र लु १ ख ७३२६ नम्बर बस एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३३६ नम्बरको बस र तुलसीपुरबाट बुटवल जादै गरेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनामा कम्तिमा ९ जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटना दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ ।
प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार