२०८१ फाल्गुन २ गते शुक्रवार

सल्यान बस दुर्घटना: घाइते दाङका बसधनी विकको मृत्यु



दाङ, ६ बैशाख ।
सल्यानमा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४६ वर्षिय बिष्णु विकको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो।विक दुर्घटनाग्रस्त बसका बसधनीसमेत हुनुहुन्थ्यो ।

बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका-२ ठिनबाङ खोलाको पुलबाट खसेको थियो । बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते तीन लाई कोहलपुर अस्पताल पठाइएको थियो ।

अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार