२०८१ बैशाख ३१ गते सोमवार

तुलसीपुरमा गुडिरहेको अटोबाट अचानक टिन खसेपछि मोटरसाइकलमा सवार तीन जना घाईते



दाङ,६ बैशाख ।
दाङमा चलिरहेको अटोबाट टिन खस्दा मोटरसाइकलमा सवार तीन जना घाईते भएका छन् ।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरबाट कालाखोलातर्फ जाँदै गरेको रा १ ह ३७५४ नम्बरको अटोबाट टिन खस्दा सोहि दिशातर्फ गइरहेको लु १४ प ७१६८ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई गहिरो चोट लागेको छ ।

माेतिपुर नजिकै हात्तिखाैवाकाे ओरालोमा अटाेबाट खसेको टिनले लागेर तुलसीपुर उपमहानगरपालिका तुलसीपुर-७ का ६५ वर्षका सुन्दर चौधरीलाई टाउको, दुवै हात र खुट्टामा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकलमा पछाडी सवार बुहारी ३१ वर्षिय सपना चौधरी र छोरा ११ वर्षका अरबिन चौधरी घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार सपनाको नाक, मुख र टाउकोमा चोट लागेको छ भने अरबिनको हात र खुट्टामा चोट लागेको छ । चलिरहेको अटोबाट टिन खसेपछि मोटसाइकल सडकबाट तल खसेको छ।

अटोले बाकेको टिन अचानक खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । अटो मूख्य राजमार्गमा चल्न पाउँदैन् भने यात्रुवाहेक अरु ठुला सामान बोक्न पाउँदैनन् । तर पछिल्लो समय मूख्यमार्गमै अटो चल्ने गरेका छन् भने ठुला-ठुला सामान बोक्ने गरेका छन् । यसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार