२०८१ माघ ६ गते आइतवार

दाङमा जन्ती लिन जान लागेको बसको ठक्करबाट एक जनाको मृत्यु



दाङ, ७ बैशाख ।
दाङमा शुक्रबार बिहानै जन्ती लिन जान लागेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ५ काशीपुरस्थित आज बिहान पौने चार बजेतिर ना ४ ख ६९४९ नम्बरको ठक्करबाट अन्दाजी ४५ वर्षका पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

चरकमटीयाबाट काशीपुरतर्फ जन्ती लिन जान लागेको बसले नाम ठेगाना नखुलेका पुरुषलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भएका पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएपछि डाक्टरले मृत घोषणा गरेको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार