दाङ, १२ बैशाख ।
दाङमा रोकिराखेको ट्रकसंग मोटसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीस्थित भएको दुर्घटनामा लमही-७ बनघुस्रीकै ४३ वर्षिय महेन्द्र गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
बनघुस्री स्थित राजमार्गमा रोकिएको लु १ ख ९५७० नम्बरको ट्रकसंग पश्चिमबाट घरतर्फ जाँदै गरेको प्रदेश ३-०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किदा गिरी घाईते हुनुभएको थियो । उहाँको लमही अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।
शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार