
रुकुम पश्चिम, १८ बैशाख ।
रुकुम पश्चिममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।
त्रिवेणी गाउँपालिका-४ सिम्रुतु भन्ने स्थानमा मंगलबार बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका -७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार