२०८१ माघ ६ गते आइतवार

मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टीदा दुई जना गम्भिर घाईते



फाईल फोटो

तुलसीपुर, २४ बैशाख ।
मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टीदा पश्चिम दाङमा दुई जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३४ वर्षका महेश चौधरी र मोटरसाइकलमा पछाडी सवार सोहि ठाउँकै १५ वर्षका रावल चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाईते दुवै जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । पश्चिम दाङको चरकमटियादेखि पन्चकुलेतर्फ जाँदै गरेको रा ४ प ६०४२ नम्बरको मोटरसाइकल बबई गाउँपालिका-६ चौपारी स्थित आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

मोटरसाइकल तिब्र गतिमा रहेकोले दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । घाईते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार