२०८१ माघ ६ गते आइतवार

तुलसीपुरमा ब्रेक फेल हुँदा टिप्पर दुर्घटनामा



तुलसीपुर, १ जेठ ।
तुलसीपुरमा टिप्पर ब्रेक फेल हुँदा दुर्घटना भएको छ । तुलसीपुर-४ घोरनेटीस्थित भित्रि सडकखण्डको लामिदमारमा रा १ ख २३०३ नम्बरको टिप्पर उकालेको ब्रेक  फेल भएर दुर्घटनामा परेको हो ।

टिप्पर उकालोमा ब्रेक  फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । टिप्पर करिब २५ मिटर तल खसेको छ ।

दुर्घटनामा टिप्पर चालक गढवा गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय पेनु चौधरी सकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार