दाङ,४ जेठ ।
तुलसीपुरबाट काठ्माण्डौ जाँदै गरेको बस बेलझुण्डीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १५ जना बढी घाईते भएका छन् ।
घोराही-तुलसीपुर सडकखण्ड अन्तरगत तुलसीपुर-१८ बेलझुण्डीमा काठ्माण्डौ जाँदै गरको प्रदेश ३-०१००६ख ०९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा ३५ जना बढी यात्रु सवार रहेको पत्रकार कपिलमणी लामिछानेले जानकारी दिनुभयो ।
घाईते सबैलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । बस आज बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार