२०८१ जेष्ठ ३१ गते बिहिवार

ट्याक्टर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु



रोल्पा, ६ जेठ ।
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी लुङ्ग्री गाउँपालिका वडा नम्बर ६ स्थायी घरभई हाल रोल्पा नगरपालिका वडा नम्बर १ मेबाङमा बस्दै आएकी ४३ वर्षकी रुपसरी बिष्टको मृत्यु भएको हो ।

रोल्पा नगरपालिका वडा नम्बर ४ खाद्यटोल लिबाङमा गएराति ८ बजेको समयमा लु ३ त ३४०२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो ।

पानीको ट्याङ्की बोकेको ट्याक्टर उकालोमा चढ्ने क्रममा अनियन्त्रित भएर पछाडीतिर आएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक सकुशल रहेको र प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार