२०८१ माघ ४ गते शुक्रवार

नुहाउने क्रममा बबई नदीमा डुबेर दुईजनाको मृत्यु



सल्यान, ६ जेठ ।
सल्यानमा नुहाउने क्रममा बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । चार वर्षीय बालकसहित दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा कालीमाटी गाउँपालिका- ७ सल्यान थरीका ३७ वर्षीय दिलबहादुर कार्की र चार वर्षीय बालक सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नुहाउन गएका उनीहरू अबेरसम्म घर नर्फिएपछि खोजतलास गर्ने क्रममा कार्कीलाई घरदेखि करिब एक किलोमिटर तल फेला पारी भेरी अस्पताल नेपालगन्ज पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिनुभयो ।

मृतक दुवैको शव पोस्टमार्टमका लागि नेपालगन्जको शवगृहमा राखिएको सूचना अधिकारी धामिले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार