२०८१ जेष्ठ ३१ गते बिहिवार

दाङमा दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु



दाङ,९ जेठ ।
दाङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रोल्पाको गंगादेब गाउँपालिका- ६ ताप्ला बजारका ५४ वर्षिय बिरबहादुर खड्काको मृत्यु भएको हो । उहाँको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

दुर्घटनामा अरु २ जना घाइते भएका छन् । दुर्घटनामा गंगादेव-६ कै ५७ वर्षिय कमानसिंह खत्री र रुपन्देहीको गैडहवा गाउँपालिका- ७ छत्रपुरुवा बस्ने ३१ वर्षिय अजय मिश्रा घाइते हुनुभएको छ ।

खत्रीको बाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको छ भने मिश्राको बाँया कुम र कम्मरमा भित्री चोट लागेको छ । बुधबार आज दिउँसो पौने २ बजेतिर लमही नगरपालिका वडा नम्बर १ नर्तीमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको सरकारी नम्बर प्लेट लुम्बिनी ए.ए.ए ८७०० नम्बरको मोटरसाइकल र बिपरित दिशातर्फबाट आँउदै गरेको रा ३ प ८२४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार