
सल्यान, १० जेठ ।
सल्यानको कुपिण्डे दहमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नं. ९ आरा मेल्टाकुराका ३१ वर्षकी कमला कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक प्रवक्ता भवानीप्रसाद धमलाले जानकारी दिनुभयो ।
कुपिण्डे दहमा आज बिहान पुजा गर्न भनी गएको र देउता आयो भन्दै तालमा गएर डुबेको उहाँले बताउनुभयो ।
पानी डुबेर बेहोस भएको र होस आउन आउने यसअघि पनि हुने गरेको आफन्तले बताएका थिए । तर दहबाट निकाली अस्पतालमा लगेर इसिजी गर्दा मृत्यु भइसकेको पुष्टि भएको प्रवक्ता धमलाले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार