बर्दिया, १० जेठ ।
बाघको आक्रमणबाट बर्दियामा एक युवतीको मृत्यु भएको छ ।
बाँसगढी नगरपालिका वडा नं-४ मगरपुरमा बाघको आक्रमण परि अन्दाजी ३५ बर्षीया मनिशा रोकायको मृत्यु भएको बाँसगढी सब-डिभिजन वन कार्यालयका वन अधिकृत राम गणेश साहले जानकारी दिनुभयो ।
जनचेतना सामुदायिक वन उपभोक्ता समूह वनक्षेत्र नजिक बिहीबार दिउँसो करिब २ बजेतिर शौच गर्न गएको बेला युवतीलाई बाघले आक्रमण गरेको मृतककी दिदीलाई उद्धृत साहले बताउनुभयो । बाँकेको कोहलपुर घर भएकी रोकाया दिदीको घरमा भेटघाट गर्न जानुभएको थियो
प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार