मुगुस्थित रारा विमानस्थलमा बिहीबार जहाजको पंखाले छुँदा घाइते भएका सीता एयरका मुगु स्टेशन प्रमुख धीरेन्द्र भामको ललितपुरको ग्वार्खोस्थित वि एण्ड वि अस्पतालमा उपचार भइरहेको छ ।
घाइते भएपछि अचेत अवस्थामा रहेका उनलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार बिहीबार विहान ११:३० बजेतिर रारा विमानस्थलबाट नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको दाया पट्टिको पङ्खाले भामलाई छोएको थियो । आजकाे नयाँ पत्रिकामा खवर छ।
प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार