
तुलसीपुर, १९ जेठ ।
शनिबार साँझ दाङमा हावाहुरीसहितको वर्षाले घर भत्किदा एक जनाकाे मृत्युु भएकाे छ । तुलसीपर उपमहानगरपालिका वडा नम्बर १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय कुलबहादुर भनेर चिनिने भगवान केसीकाे मृत्यु भएको हो ।
केसी परिवार २०६३ सालदेखी उक्त घरमा नि:शुल्क रुपमा बसेको स्थानीय शान्तराज गौतमले जानकारी दिनुभयो । छोराछोरी कामको शिलशिलामा बाहिर छन भने हावाहुरी लागेको समयमा श्रीमतिले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार जस्ताले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हाे ।घरमा उनी श्रीमतिसहित थिए तर, श्रीमति भने भत्कनु अघि नै भाग्न सफल भएकाले सकुसल रहेकी छन् ।
प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार