दाङ, २६ जेठ ।
दाङमा अटो र बस ठोक्किदा पाँच जना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर- ५ का २९ वर्षीय अटो चालक अंकित गुप्ता, सल्यान कुमाख गाँउपालिका ५ का २६ वर्षका रिता बोहोरा, उहाँको छोरा ६ वर्षका केशव बोहोरा, सोही ठाँउका १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षका छविलाल बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइतेमध्ये चार जनाको अवस्था मध्ययम रहेको र १६ वर्षका छविलाल बुढाथोकी गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
आज शनिबार अपरान्ह ३ः४५ वजे तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर-७ शान्तिपार्क चौकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिदाँ अटोमा सवार ५ जना घाइते भएका हुन् ।
घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेकोे प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ॥