२०८१ साउन ५ गते आइतवार

टयाक्टर दुर्घटनामा घाईते भएका धनबहादुरको उपचारका क्रममा मृत्यु



दाङ, ४ असार ।
दाङको शान्तिनगरमा गएराति भएको ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका धनबहादुर भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका – २ बस्ने ५१ बर्षीय भण्डारीको उपचारका क्रममा बाँकेस्थित नरसिंह होम नेपालगञ्जमा मृत्यु भएको हो ।

भण्डारीको आज बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै अन्य घाइतेहरु शान्तिनगर गाउँपालिका २ बस्ने ३९ वर्षीय भिम बहादुर बुढाथोकी, सोही ठाउँ बस्ने ५२ वर्षीय लाटो राना र २३ वर्षीय उमेश भण्डारीको उपचार जारी छ ।

सोमबार बेलुकी पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका – १ नयाँ बस्तिस्थित गुन्डले खोलामा खिलतपुरबाट अमुवातर्फ ढुंगा लोड गरि जाँदै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । ट्याक्टरमा सवार ६ जना मध्ये एक जनालाई केही नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते मङ्गलवार