
तुलसीपुर, ७ असार ।
दाङको तुलसीपुरमा मोटरसाइकल एकआपसमा ठोकिदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रा ४ प ७२८५ नंम्बरको मोटरसाइकल चालक तुलसीपुर ५ न्युरोडका ३२ वर्षका रामप्रसाद लोनिया, र रा २ प ९०६९ नंम्बरकोे मोटरसाइकलमा पछाडी सवार तुलसीपुर ११ कटाहाका ४९ वर्षका गीता वली रहेको प्रहरीले जनाएको छ ।
घाइते दुबैको अवस्था मध्यम रहेको र घाइतेको सिटी हस्पीटल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आज शुक्रबार दिउँसो साढे १२ बजे तुलसीपुर- ११ कटाहाबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ९०६९ नंम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको रा ४ प ७२८५ नंम्बरको मोटरसाइकल तुलसीपुर ६ गोलौरामा एकआपसमा ठोक्किएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
दुइै मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक तुलसीपुर ११ का ५० वर्षका बिनोद कुमार बस्नेत र रामप्रसाद लोनिया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ॥