रोल्पा, ११ असार ।
रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार राती चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं. ३ डाङजा बाहिरिगामका २२ वर्षीय जैकुमारी घर्ती र १२ वर्षीय गोमाला घर्तीको मृत्यु भएको सुनछहरी गाउँपालिका प्रबक्ता अमरजीत पुन मगरले जानकारी दिनुभयो ।
मृतक एकैघरका नन्द भाउजु रहेका छन् । मृतक दुवैको आफ्नै घरमा सुतिरहेको अवस्थामा राती एक्कासि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना राती भएतापनि गाउँलेले बिहानमात्र थाहा पाएका हुन् । अहिले प्रहरी घटना स्थलमा पुगेको छ । थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार