फाइल तस्बिर
दाङ,१४ असार ।
तुलसीपुरमा माेटरसाईकल अनियन्त्रित भइ पल्टदा दुई जना घाइते भएका छन् ।
शुक्रबार(आज) साझ सवा सात बजेतिर तुलसीपुर-१२ पुकार पसलबाट मलवारतर्फ जाँदै गरेको रा ३ प ३७५० नम्बरकाे मोटरसाइकल तुलसीपुर-१२ काे गुहारखाेला पुल नजिकै अनियन्त्रित भइ पल्टिएकाे हाे ।
दुर्घटनामा माेटरसाईकल चालक तुलसीपुर-१६ का २० वर्षका सागर नेपाली र पछाडी सवार साेहि ठाँउका ३५ वर्षका तारा बहादुर धिताल घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे ।
प्रहरी निरिक्षक थापाका अनुसार घाइते नेपालीको छातिमा चाेट लागेकाे छ । अवस्था गम्भीर रहेकाले उपचारका लागि नेपालगञ्ज रेफर गरिएकाे छ।
माेटरसाईकलमा पछाडि सवार धितालकाे टाउकाे र खुट्टामा चाेट रहेकाे छ । उहाँकाे भने अबस्था मध्यम रहेकाे प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयाे ।अनियन्त्रित भएर माेटरसाईकल सडकबाट करिब १५ मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ ।

