दाङ,१५ असार ।
तुलसीपुरमा माेटरसाईकल अनियन्त्रित भइ पल्टिदा गम्भीर भएका एक जनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।
शुक्रबार साझ सवा सात बजेतिर तुलसीपुर-१२ पुकार पसलबाट मलवारतर्फ जाँदै गरेको रा ३ प ३७५० नम्बरकाे मोटरसाइकल तुलसीपुर-१२ काे गुहारखाेला पुल नजिकै अनियन्त्रित भइ पल्टिएकाे थियाे ।
दुर्घटनामा माेटरसाईकल चालक तुलसीपुर-१६ का २० वर्षका सागर नेपाली गम्भीर घाइते हुनुभएकाे थियाे । उहाँको उपचारका क्रममा काेहलपुर मेडिकल कलेज बाँकेमा गएराति पाैने ११ बजे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे । माेटरसाईकलमा पछाडी सवार साेहि ठाँउका ३५ वर्षका तारा बहादुर धिताल पनि घाइते हुनुभएकाे थियाे । धितालकाे टाउकाे र खुट्टामा चाेट रहेकाे छ । उहाँकाे भने अबस्था मध्यम रहेकाे र उपचार भैरहेकाे प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयाे ।

