२०८३ बैशाख ३१ गते बिहिवार

दाङमा चट्याङले लागेर एक जनाको मृत्यु



दाङ, १५ असार ।
दाङमा चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरीया निवासी ३९ वर्षीया भुमिसरा बुढामगरको चट्याङले लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङमा परेर उहाँको मृत्यु भएको हो । उपचारको लागि लमही अस्पताल लगिए पनि चिकित्सकले राती नै मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार