फाइल तस्बिर
तुलसीपुर, १५ असार ।
दाङको तुलसीपुरमा टिप्पर र मोटरसाइकल ठोक्किदा एकजना गम्भिर घाइते भएका छन् । घोराही-१० बासबजेरीका २० वर्षीय आशिष खड्का गम्भिर घाइते भएको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ ख १५३० नम्बरको टिप्पर तुलसीपुर-१८ दुधरास पेट्रोल पम्पमा तेल हाल्न जाने क्रममा सोही दिशातर्फ जादै गरेको रा ८ प २९५८ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किन जादा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका खड्काको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । फरार रहेका टिप्पर चालक घोराही- ३ का २४ बर्षका कुमार सिंह घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ॥
प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार

