२०८३ बैशाख ३१ गते बिहिवार

तालाबाङ जिप दुर्घटना अपडेट : पाँच जनाकाे मृत्यु



राेल्पा, १७ असार ।
रोल्पाको तालाबाङमा जिप दुर्घटनामा पाँचको मृत्यु भएको छ । मृतकको सनाखत भइसकेको छैन् ।

दुर्घटनामा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अरु ६ जना यात्रु गम्भीर घाइते भएका छन् ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार