२०८३ बैशाख ३१ गते बिहिवार

चना खाने क्रममा घाँटीमा अड्किएर दाङमा बालकको मृत्यु



दाङ, १९ असार ।
दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ ।

बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवा बस्ने रुपा घर्तीका तीन वर्षीय छोरा राजेन्द्र घर्तीको मृत्यु भएको हो ।

विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटिमा अड्किएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार