२०८१ साउन ५ गते आइतवार

तुलसीपुरमा च्याउ खोज्न गएका तीन जना महिलालाई बाघले आक्रमण गर्दा घाइते



दाङ, २४ असार ।
तुलसीपुरमा बाघको आक्रमणबाट ३ जना महिला घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर-९ बेलुवा निवासी ४५ वर्षीय कमला केसी, सोही ठाँउकी ५२ वर्षीय सिता कुमारी भण्डारी र १८ वर्षीय सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर-९ मा रहेको नव दुर्गा सामुदायीक वनमा च्याउ खोज्न गएको अवस्थामा आज सोमबार बिहान साढे ६ बजेको समयमा उनीहरुलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते भएका ३ जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनभयो । बाघ भने जंगलतर्फ भागिसकेको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार