फाइल तस्बिर
तुलसीपुर,२४ असार ।
तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।
तुलसीपुरबाट घाेराहीतर्फ जाँदै गरेको रा १ ब १०४१ नम्बरकाे घोराइ उपमहानगरपालिकाको मोटरसाइकलले तुलसीपुर-७ कालाखोलामा आज विहान पाैने १० बजेतिर ठक्कर दिँदा सोही ठाउँ निवासी झक्कु प्राद भण्डारीको ४ वर्षकि छाेरी सदिक्षा भण्डारी घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
घाइते बालिकाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। वालिकाकाे अहिले राति हस्पिटल मोतीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालक बबई गाउँपालिका ४ का ३० वर्षिय आसकुमार राना मगर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार

