
तुलसीपुर, २६ असार ।
तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भिर घाइते भएकी छन् । मोटरसाइकलको ठक्करबाट तुलसीपुर-१० निवासी ६५ वर्षिय सोनी चौधरी गम्भिर घाईते हुनुभएको हो ।
घाईते चौधरीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज नर्सिङहोमा रिफर गरिएको छ ।
तुलसीपुरबाट बनगैँतर्फ जादै गरेको रा ७ प ३०९८ नम्बरको मोटरसाइकलले चौधरीलाई मंगलबार (हिजो) बेलुका ७ बजेतिर ठक्कर दिएको हो । ठक्कर दिने मोटरसाइकलसहित चालक तुलसीपुर-११ का १७ वर्षिय बिजय वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार