
दाङ,२८ असार ।
दाङमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ।
बिहिबार दिउँसो शान्तिनगर गाउँपालिकाकाे एक्लेका रामबहादुर खड्काको १२ वर्षीय छोरी सुवर्ण खड्काको जावुन (फरेट)को रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरदेखि १०० मिटर टाढा पश्चिममा रहेको जावुनको रुखमा चढेर खड्काले जावुन टिप्दै गर्दा रूखबाट लडेर घाइते भएकि थिइन।
खड्काकाे दुबै हात र शरिरमा भित्री चोट रहेकाे थियाे ।गम्भीर घाइते खड्कालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो। खड्काको गयराती ८ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार