२०८३ बैशाख ३१ गते बिहिवार

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



फाइल तस्बिर

दाङ,२८ असार ।
दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका- ३ प्रतापपुरका ६० वर्षीय राम जानकी अहिरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

गएराति राजपुरको चंगुवादेखी बेलातर्फ आउँदै गरेको लु ३० प ५४४४ नम्बरको मोटरसाइकलले पैदलयात्री अहिरलाई ठक्कर दिँदा अहिर गम्भीर घाइते हुनुभएको थियो ।

गम्भिर घाइते अहिरलाई उपचारका लागि लमही अस्पतालमा पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

अहिरलाईठक्कर दिएको मोटरसाइकलका चालक मोटरसाइकल घटनास्थलमै छोडेर भागेका थिए । प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ॥

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार