रुकुम पश्चिम, १ साउन ।
बाढीले बगाउँदा रुकुम पश्चिममा तीन बालबालिकाको मृत्यु भएको छ भने एकजना वयस्क बेपत्ता भएका छन् ।
गएरातीको अबिरल वर्षाका कारण आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आठबिसकोट नगरपालिका-१२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा स्थानीय १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको नगर प्रमुख रबी केसीले बताउनुभयो । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ ।
त्यस्तै बाढीबाट अन्य सातजना घाइते भएका छन् । घाईते हुनेमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । घटनाको पूणर् विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

