
तुलसीपुर, ४ साउन ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर- ६ का ४५ वर्षका हिमा कुमारी महतरा र तुलसीपुर- २ कुमलगडीका २५ वर्षका कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।
आज (शुक्रबार) बिहान ९ बजेतिर तुलसीपुर-६ स्याउली बजारबाट बजार तर्फ आउदै गरेको रा ७ प ७८२ नम्बरको मोटरसाइकलमा पछाडी सवार हिमा कुमारी महतरा मोटरसाइकलबाट खसेर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
महतराको अनुहार र निधारमा चोट लागेको छ । उहाँको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उपचारमा उहाँका छोरा अमृत महतरा संलग्न रहेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।
यस्तै गएराति १ बजेतिर दंगिशरण- ५ मिरौलीबाट हेकुलि तर्फ जादै गरेको रा ४ प २७३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ पल्टीदा मोटरसाइकल चालक कुमार चौधरी घाइते भएको प्रहरीले जनाएको छ । चौधरीको मुख र टाउकोमा चोट लागेको छ । चौधरीलाई उपचारको लागि नर्सिंङ होम नपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।
दुबै मोटरसाइकलमा दुई दुई जना सवार रहेको र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ॥