२०८३ बैशाख ३१ गते बिहिवार

तुलसीपुरबाट कालिमाटी जाँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते



फाइल तस्बिर

तुलसीपुर,५ साउन ।

दाङको तुलसीपुरबाट सल्यानको कालिमाटीतर्फ जाँदै गरेको जीप  दुर्घटनामा परेको छ। दङ्गीशरण गाउँपालिका ७ बोकटी भन्ने स्थानमा लु १ ज १३८३ नम्बरकाे रिजर्भ जीप आज (शनिबार) दिउँसो करिब ४ बजेतिर दुर्घटनामा परेको हो। जीप अटोलाई जाेगाउने क्रममा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

दुर्घटनामा जीप चालकसहित ११ जना घाइते भएका छन्। घाइते सबैको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो।

घाइते हुनेहरूमा जीप चालक  कालीमाटी-२ का   ४१ वर्षका खिम बहादुर बोपाल मगर ,कालीमाटी-३ का  बर्ष१६ का किरण बोहरा कालीमाटी-२ का  ५४ वर्षका  हुकुमराज पुन घाइते हुनुभएकाे छ ।

यस्तै कालिमाटी-२ कै ४९ वर्षका भानुभक्त वली,कालिमाटी-३ का १४ वर्षका  बिपिन के.सी र  १० वर्षिय बालीका आरती थापा घाइते भएकी छन्  भने उनिहरूकाे अवस्था सामान्य रहेकाे प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो। प्रहरी निरीक्षक थापाका  अनुसार कालिमाटी-३ का ३० वर्षका गणेश के.सी र साेहि ठाउँ निवासि ५० वर्षिय धनसरा खत्रीकाे अवस्था भने मध्यम रहेकाे  छ ।केसीकाे बाँया हात र टाउकोमा चोट लागेकाे छ भने खत्रीको  ढाड ,घाँटी र पेटमा चाेट लागेकाे छ ।

 दुर्घटनामा कालीमाट-३ कै  १५ वर्षकी करिष्मा खत्री सामान्य घाइते भएकि छन् ।।उनकाे ढाडमा समान्य चोट रहेकाे छ ।बर्दियाकाे बाँसगडी नगरपालिका-४ का ३८ वर्षिय संगिता राणा  घाइते हुनुभएकाे छ ।उहाँकाे छाती र कुममा चाेट रहेकाे छ ।राणाकाे अवस्था मध्यम रहेकाे छ। सवारीधनी कालिमाटी-१ का ४१ वर्षका हरि बहादुर बिष्ट भने सकुसल रहनुभएकाे छ ।

 

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार