
तुलसीपुर,६ साउन।
तुलसीपुरमा करेन्ट लागेर एकजना घाइते भएका छन्। करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ क्वाङिका ४० वर्षीय अमरबहादुर घर्ती घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक थापाका अनुसार आज (आइतबार) मध्यान्न १२ बजेतिर आफ्नै घरको इनारमा रहेको पानी मोटर झिक्ने क्रममा उहाँलाई करेन्ट लागेकाे थियाे ।करेन्ट लागि घाईते भएका घर्तिकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे छ भने अवस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार