
तुलसीपुर,९ साउन ।
तुलसीपुरमा भर्याङ पल्टिएर चोट लाग्दा एक बालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर(२ कुइरेपानी घर भइ हाल तुलसीपुर(९ बेलुवामा केठा भाडामा बस्दै आएकि निर्मला चौधरीको सात वर्षका छोरा मिशन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मिशन खेल्ने क्रममा बुधवार बेलुकी सातबजेतिर सोहि ठाउँ निवासी कालीबहादुर नेपालीको
भर्याङ पल्टिएर टाउकोमा गहिरो चोट लागेको हो ।
घाइते बालकको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार