२०८२ असार ३ गते बुधवार

तुलसीपुरमा जिप र मोटरसाइकल ठोकिदा दुई जना घाइते



तुलसीपुर , १९ साउन ।
दाङको तुलसीपुरमा जिप र मोटरसाइकल ठोकिदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर- ६ का १७ वर्षका रोचन बुढाथोकी र पछाडी सवार तुलसीपुर- ११ का १८ वर्षका जिबराज बोहरा रहेको प्रहरीले जनाएको छ ।

घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रोचन र जिबराजको दुबै खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बाहिनी चोकबाट एयरपोर्ट तर्फ जाँदै गरेको रा ९५ प ५४७० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आएको रा १ च १४७७ नम्बरको जिप एक आपसमा ठोकिको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

आज -(शनिबार) दिउँसो साढे १२ बजे तुलसीपुर ६ मदन आश्रितचोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप चालक घोराही -१५ बस्ने ३९ बर्षका बिनोद कुमार पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ॥

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार