दाङ, २० साउन ।
अटाेसंगै खोलामा बगेकी १७ वर्षिय मञ्जु खड्शकाकाे शब तीन दिनपछि फेला परेको छ । खड्काको शब आज बिहान साढे ८ बजेतिर बबई नदिमा डुबेको अवस्थामा बबई गाउँपालिका-५ खयरभट्टीमा फेला परेको हो ।
मञ्जु शुक्रबार साँझ रा १ ह ४०५५ नम्बरको अटोमा तुलसीपुरबाट मामा घर तुलसीपुर-४ खाद्रेमा जाँदै गर्दा बेलुका साढे ८ बजेतिर तुलसीपुर-४ र ७ को सिमानामा पर्ने बेतने खोलामा बग्नुभएको थियो ।
मञ्जुसंगै उहाँको हजुरआमा ५५ वर्षिय सीता आलेलाई पनि खोलाले बगाएको हो । सीताको शब भने भोलिपल्ट तुलसीपुर-१५ मलवारमा ग्वारखोला किनारमा फेला परेको थियो ।
मन्जुको घर सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ तेप्तेकाँडामा पर्छ । करिब एकसाता अघिमात्रै विज्ञान विषय अध्ययनका लागि तुलसीपुर आएकी मञ्जु तुलसीपुरमा रहेको गोर्खा माविमा कक्षा ११ मा भर्ना हुनुभएको थियो ।
प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार

