२०८२ जेष्ठ ५ गते सोमवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक घाइते



फाइल तस्बिर

दाङ, २४ साउन ।
तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी तुलसीपुर-१९ का ३० वर्षिय कमल वली गम्भिर घाइते हुनुभएको हो ।

बिजौरीबाट बाँसगडीतर्फ जाँदै गरेको रा ४ प ८६४४ नम्बरको मोटरसाइकल आज साँझ ५ बजेतिर आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक वली गम्भिर घाइते हुनुभएको हो ।

गम्भिर घाइते वलीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार