२०८१ असोज १८ गते शुक्रवार

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु



दाङ, ११ भदौ ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही-१२ डाँडागाउँका ६८ वर्षीय बुद्धिराम चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

चौधरीलाई आज मंगलबार बिहान आफ्नै गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा विद्युतको नाङ्गो तार छुन जाँदा करेन्ट लागेको थियो । उहाँको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी रामप्रसाद तिमल्सिनाले जानकारीले दिनुभयो ।

चौधरीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार