
दाङ, १९ भदौ ।
दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भिर भाइते भएका छन् । बबई गाउँपालिका वडा नंम्बर ७ मलईका ३५ वर्षीय रेशम बाँठा मगरलाई बँदेलले आक्रमण गरेको आफन्तीले बताएका छन् ।
आज बुधबार बिहान ३ बजेतिर बारीमा मकै खान आएका बँदेललाई धपाउने क्रममा बँदेलले अचानक आक्रमण गरेको बताइएको छ । बँदेलको आक्रमणमा घाइते मगरको खुट्टा, हात र मुखमा गम्भिर चोट लागेको छ ।
घाइते मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मलईमा बाँके राष्ट्रिय निकुञ्जका बँदेलहरू प्रायः मकै खाने उद्देश्यले बारीमा आउँछन्।
बँदेलको लगातार आक्रमणले मलईका बासिन्दाले सास्ती भोगिरहेका छन् । बँदेलले बारीमा उत्पादन गरेका मकै नष्ट गर्दै आएको र बँदेललाई धपाउन खोज्दा हरेक वर्ष मानिसलाई घाइते बनाउने क्रम जारी रहेको स्थानीयहरूले बताएका छन् ।
प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार