२०८३ बैशाख ३१ गते बिहिवार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



फाइल तस्बिर

दाङ, १९ कार्तिक ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नंम्बर ५ कमलरोड बस्ने २२ वर्षका प्रेम राना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भिर घाईते रानाको लमही अस्पताल लमहीमा उपचारको क्रममा ७ बजेतिर मृत्यु भएको जील्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्त डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

लमही बाट गढवा तर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाईकल आज बिहान करिब साढे ६ बजे तिर लमही नगरपालिका-५ बैंकरोडमा दुर्घटना भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार