दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु
तुलसीपुर, २१ कात्तिक ।
दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बिजौरीका मधु श्रेष्ठको छोरा १६ वर्षका किशोर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।
श्रेष्ठले आज बिहान १० बजेतिर आफ्नै घरमा दिपावलीको लागी लगाएको बत्ति निकाल्ने क्रममा एक्कासी बाँया हात र दाँया खुट्टामा करेन्ट लागि घाईते हुनुभएको थियो ।
उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा बिहान ११ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार