दाङ,१७ मंसिर ।
दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
आज साेमबार साँझ पाैने सात बजेतिर घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले सोही दिशामा गइरहेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर-१९ कुटीचाैरका १९ वर्षिय सुदिप बुढाथोकीकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता (डिएसपी) ईश्वर थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पुर्याइए लगत्तै मृत्यु भएकाे हाे।
बुढाथोकीले चलाएकाे मोटरसाइकलमा पछाडि सवार तुलसीपुर -१७ का २२ वर्षिय दीपक बस्नेत घाइते हुनुभएकाे छ । उहाँको दाहिने खुट्टा र बायाँ हातको औंलामा चोट लागेको छ। बस्नेतकाे अवस्था मध्यम रहेकाे र अहिले उपचार भैरहेकाे प्रहरी प्रबक्ता थापाले जानकारी दिनुभयाे।
माेटर साईकललाइ ठक्कर दिने टिप्पर र टिप्परका चालक घाेराही-११ डोक्रेना निवासी ४० वर्षीय जितबहादुर चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।