२०८१ माघ ६ गते आइतवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते



तुलसीपुर, २० मंसिर ।
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर-१२ का १८ वर्षिय माधव डाँगी घाइते हुनुभएको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।

उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते डाँगीको दुवै हात र खुटामा चोट लागेको छ ।

गुम्राहचोकबाट बिरेन्द्र चोकतर्फ आउँदै गरेको रा ४ प ८५०२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ आज बेलुका ७ बजेतिर दुर्घटना भएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार