
दाङ, २ पुस ।
दाङमा स्कुल बसले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग लमही-भालुवाङ सडकखण्डको बिजौरीमा आज बेलुका स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-८ बिजौरीका २० वर्षका किसन शाहीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार लमहीस्थित निजि विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
आक्रोसित स्थानीयले अहिले पुर्व पश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेका छन् ।
सोहि सडकखण्डमा हिजो बेलुका मालबाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी वर्ष १८ को सोनु गुरूङको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार