तुलसीपुर,३ पुस ।
तुलसीपुरमा भ्यान र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाकाे मृत्यु भएकाे छ।
तुलसीपुर उपमहानगरपालिका-७ हात्तिखौवा ओरालोमा बुधवार दिउँसो साढे १ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १३०० नम्बरको भ्यान र तुलसीपुरबाट घाेराहीतर्फ जाँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटर एक आपसमा ठोक्किँएका थिए।
दुर्घटनामा स्कुटरमा सवार लमहि नगरपालिका-५ निवासी ५ ० वर्षिय लिला भुसालकाे मृत्युु भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
मृतक लिलाका छाेरा २७ वर्षीय निमलाल भुसालले चलाएकाे स्कुटर भ्यानसंग ठाेक्किएकाे थियाे। दुर्घटनामा गम्भीर घाइते स्कुटरमा पछाडि सवार लिला भुषालकाे उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आज दिउँसो पाैने दुई बजे निधन भएकाे प्रहरीले जनाएकाे छ ।स्कुटर चालक निमलाल भुषालकाे अवस्था भने सामान्य रहेकाे छ ।
घटनास्थलमा रहेका दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

